बैतडीमा घाँटी रेटेर युवतीको हत्या

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं–
बैतडीको शिवनाथ गाउँपालिका–६ वालाडाँगास्थित शिव मंगलबारदेखि बेपत्ता युवतीको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको छ भने अर्की एक किशोरी घाइते भएकि छन् ।
मन्दिर नजिकै पञ्चेश्वर गाउँपालिका–४ को सैलोडाकी २१ वर्षीया माया लुहारको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाकारी दिएको छ ।
घटनास्थलमा रहेका मंगलबारदेखि बेपत्ता भएकी लुहारको शव भेटिएको र घरबाट उनीसँगै गएकी १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा भेटिएको जानकारी दिएको छ । उनको घाँटी रेटेको अवस्थामा भेटिएको जानकारी दिएको छ । उनको उद्दार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा समान्य उपचारपछि डडेल्धुरा पठाइएको र अवस्था गम्भीर रहेको बताइएको छ ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad imageAd image

प्रतिक्रिया दिनुहोस्

TAGGED: