नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र पूर्व सभामुख सापकोटा सुकुटेमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख अग्निप्रसाद सापकोटासँगै सुकुटे आइपुगेका छन् । उनीहरूका साथमा पारिवारिक सदस्य पनि छन् ।

पार्टीको दस्ताबेज लेखन र महत्त्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष प्रचण्ड सुकुटे आउने गर्छन् । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा पार्टीमा नजिकका विश्वासपात्र सभामुख सापकोटासँगै प्रचण्ड सुकुटे आएका हुन् ।

- Advertisement -
Ad imageAd image

सापकोटा सभामुख हुनुअघि यी दुई नेता पटक पटक सँगै सुकुटे आउने गरे पनि पछिल्लो तीन वर्षमा दुवै जना सँगै सुकेटे आएका थिएनन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्