शाखारहित बैंकिङमार्फत कारोबार गर्दा सचेत हुन राष्ट्र बैंकको आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ मंसिर २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ – शाखारहित बैंकिङमार्फत कारोबार गर्दा सचेत हुन नियामक निकाय राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ । पछिल्ला दिनहरुमा शाखारहित बैकिङमार्फत सर्वसाधारणको बचत हिनामिना भएका घटना बढिरहेको समयमा राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो ।

राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेर शाखारहित बैंकिङ सेवामार्फत् कारोबार गर्दा अपनाउनुपर्ने सजगताका सम्बन्धमा सर्वसाधारणका लागि सचेत हुन भनेको हो ।

- Advertisement -
Ad imageAd image

‘अनुमतिपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले महानगरपालिका तथा उपमहानगरपालिका बाहेकका बैंक तथा वित्तीय संस्थाको उपस्थिति नभएका स्थानमा आधिकारिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ सेवा उपलब्ध गराउन सक्ने व्यवस्था छ,’ सूचनामा भनिएको छ, ‘बैंकिङ पहुँच अभिवृद्धि गर्ने अभिप्रायले गरिएको यस व्यवस्थावमोजिम सेवा उपभोग गर्दा सुरक्षाका विषयहरुमा विशेष ध्यान दिन सम्बन्धित सबैको ध्यानाकर्षण गरिएको छ ।’

शाखारहित कारोबार गर्दा यी कुराहरुमा विशेष ध्यान दिन राष्ट्र बैंकले भनेको छ ।

– बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फत् मात्र तोकिएको सेवा केन्द्रमा गई कारोबार गर्नुपर्दछ ।

– सेवाग्राहीले कुनै पनि कारोबार गर्दा विद्युतीय उपकरणमार्फत् मात्र गर्नुपर्दछ ।

– कारोबार गरिसकेपछि विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्य रुपमा लिई आफूले गरेको कारोबारबमोजिम भए नभएको यकीन गर्नुपर्दछ ।

– विद्युतीय उपकरणबाट सुनिने आवाज ९ध्वनी० मार्फत् पनि आफूले गरेका कारोबारको यकीन गर्न सकिन्छ ।

– शाखारहित बैंकिङ कारोबारमार्फत रकम जम्मा गर्दा, ऋणको किस्ता तिर्दा अथवा रकम झिक्दा आफूले कारोबार गरेबमोजिमको भए नभएको बेला बेलामा बैंक खातामार्फत समेत यकीन गर्नुपर्दछ ।

– व्यक्तिगत सम्बन्धको आधारमा कसैलाई बैंकमा रकम जम्मा गर्न दिएको भए त्यस्तो रकम सम्बन्धित खातामा जम्मा भएरनभएको तुरुन्त यकीन गर्नुपर्दछ ।

– सेवा सम्बन्धमा केही सुझाव तथा गुनासो भएमा राष्ट्र बैंकको फोन नं। ४४१५१५८ वा गुनासो सुनुवाई गर्ने पोर्टलमा जानकारी गराउनुपर्दछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्