उपेन्द्र महतोका भाइ,बहिनी र ज्वाई बने सांसद

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

बिजनेस टाइकुन उमेन्द्र महतोको परिवारबाट ३ जना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । भाइ विरेन्द्र प्रसाद महतो , बहिनी  जुलीकुमारी महतो (महासेठ) र ज्वाई रघुबीर महासेठ प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

जुलीकुमारी महतो (महासेठ) र रघुवीर महासेठ नेकपा (एमाले)को तर्फबाट निर्वाचित भएका हुन् भने विरेन्द्र प्रसाद महतो जनता समाजवादी पार्टीबाट निर्वाचित भएका हुन् ।

- Advertisement -
Ad image

विरेन्द्र प्रसाद महतो सिरहा ०४ बाट भारी मतान्तरले विजयी भए । जसपाका तर्फबाट उम्मेदवार रहेका महतोले २४१०२ मत प्राप्त गरे भने उनका निकर्तम प्रतिद्वन्दी जनमत पार्टीका विरेन्द्र प्रसाद साहले १६९२५ मत प्राप्त गरे ।

यस्तै नेकपा एमालेको तर्फबाट धनुषा ३ मा उम्मेदवार रहेकी जुलीकुमारी महतो (महासेठ) पनि भारी मतान्तरले विजयी भईन । जुलीले ३३३८८ मत पाउदा उनका निकट्तम प्रतिद्वन्दी अनिल कुमार झाले २३६८६ मत मात्र प्राप्त गरे ।

त्यस्तै उपेन्द्र महतोका ज्वाई रघुवीर महासेठले धनुषा ०४ बाट कठिन विजय प्राप्त गरे । एमाले उम्मेदवार महासेठले ३२२६ मत प्राप्त गर्दा उनका निकर्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र यादवले ३१११२ मत प्राप्त गरे ।

विरेन्द्र प्रसाद महतो निर्वाचित हुनासाथ उनी अध्यक्ष रहेको माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त भईसकेका छन्  ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्