मेरो क्षेत्रमा एमालेले धाँधली गरेको छ, पैसाको खोलो बगाइएको छ: झलनाथ खनाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको बैठकमा आफ्नो क्षेत्रमा पुन मतदान गर्नुपर्ने धारणा राखेका छन् ।

बुधबार बसेको नेकपा एकीकृत समाजवादीको बैठकमा उनले इलाम क्षेत्र नम्बर १ धाँधली भएकोला पुन मतदान गर्नुपर्ने बताए ।

- Advertisement -
Ad imageAd image

यदी पुन मतदान नगरेको अवस्थामा कानूनी उपचार खोजिने समेत उनले चेतावनी दिएका छन् ।

‘मेरो क्षेत्रमा चुनावमा एमालेले धाँदली गरेको छ। मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र भेटिएका छन् । पैसाको खोलो बगाएको छ’ खनालले भने, ‘ मेरो क्षेत्रमा पुनः मतदान हुनुपर्छ । यदि त्यसो हुन नसकेमा कानुनी उपचार खोज्नुपर्छ।’

त्यस्तै पार्टीले पनि खनाल हार्नुको कारण खोज्ने निर्णय गरेको छ । लाई प्रष्ट पारेका हुन् । यस्तै पार्टीबाट टिकट पाएपनि पराजित भएका नेताहरूले आ –आफ्नो धारणा राखेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्