लेलेको जलकुमारी-बालकुमारी मन्दिरमा चोरी, अनुसन्धान जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – ललितपुरको लेलेस्थित जलकुमारी बालकुमारी मन्दिरमा चोरी भएको छ।

बुधबार गोदावरी नगरपालिका-५ मा रहेको मन्दिरमा भएका ३३ कोटी देवताका आकृतिमध्ये २५ वटा चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

- Advertisement -
Ad image

मध्यराति १ः२२ बजे दुई जना चोर मन्दिरको ताला फोडेर भित्र पसेको सिसिटिभी फुटेजमा पनि देखिएको प्रहरीको भनाई छ ।

अहिले घटनास्थलमा परिसरबाट डिएसपी दीपक भारतीको नेतृत्वमा टोली खटिएको छ। प्रहरी वृत्त चापागाउँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट पनि टोली खटिएको प्रहरीले बताएको छ।

बिहान करिब ६ बजेतिर मन्दिरका पुजारी पूजा गर्न जाँदा ढोकाको ताला फोडिएको अवस्थामा फेला परेपछि प्रहरीलाई बोलाइएको वडाध्यक्ष मिलन सिलवालले जानकारी दिए।

अहिले चोरी भएका देवताका आकृतिहरू नयाँ स्थापना गरिएको हुँदा धेरै पुरानो नभएको उनले बताए। अहिले प्रहरीले चोरको पहिचान गर्नमा लागेको छ।

चोरी भएका आकृतिहरू २००-३०० ग्रामका र चार-पाँच इन्च लम्बाइ र चौडाइ भएका छन्। उक्त आकृति तामाबाट बनेका हुन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्