नख्खु भैँसेपाटी सडक आयोजनालाई तिव्र गतिमा अघि बढाउन कार्कीले गरिन पहल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डाक्टर तोसिमा कार्कीले कामको सुरुवात गरेकी छिन् । लामो समयसम्म अलपत्र अवस्थामा रहेको नख्खु भैँसेपाटी सडक आयोजनालाई तिव्र गतिमा अघि बढाउन कार्कीले पहल थालेकी हुन् ।

सामाजिक सञ्जालमाफर्त आफ्नो कामको सुरुवात भएको बताउँदै उनले सडक विस्तार आयोजना प्रमुखलाई भेटेको तस्बिर सार्वजनिक गरेकी छिन्। लामो समयदेखि अवरुद्ध हुँदै आएको धुलाम्य सडक निर्माणमा भएको ढिलासुस्तिको बारेमा आयोजनाका प्रमुख कृष्ण ओझासँग कार्यकक्षमै पुगेर चासो राखेको उनले जनाएकी छिन्।

- Advertisement -
Ad imageAd image

आफैंले ठेकेदार र इन्जिनियरलाई समेत फोन गरेको उल्लेख गरेकी छिन्। सडकखण्डको निरन्तर अनुगमन गर्नेर आफ्नो एक टिम समेत परिचालन हुने उनको भनाई छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्