पाँचथरमा एमालेका वसन्त नेम्वाङ ४७ मतान्तरले विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – निर्वाचन आयोगले नेकपा (एमाले) का वसन्त नेम्वाङलाई निर्वाचित घोषणा गरेको छ। प्रत्यक्षतर्फको गणना सकिएपछि ४७ मतान्तरले नेम्वाङले कांग्रेस उम्मेदवार भीष्मराज आङदेम्बेलाई पराजित गरेका थिए।

तर, समानुपातिक गणनाका क्रममा प्रत्यक्षका केही मतपत्र समेत फेला परेपछि आयोगले नेम्वाङलाई विजयी घोषित र प्रमाणपत्र दिएको थिएन।

- Advertisement -
Ad imageAd image

मंगलबार राति समानुपातिकको मतगणना सकिएपछि आयोगले नेम्वाङलाई निर्वाचित घोषणा गरेको हो। अन्तिम परिणाम अनुसार यसअघिको भन्दा मतान्तर १ मतले कम भएको छ। नेम्वाङले ४६ मतको जित दर्ता गरे।

नेम्वाङले ३२ हजार १३५ मत पाए। यस्तै, आङदेम्बेले ३२ हजार ८९ मत पाएका छन्।


गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्