सुनसरी ३ मा गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – सुनसरीको क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)की भगवती चौधरी निर्वाचित भएकी छन् । ४ हजार १ सय ३४ मत गन्न बाँकी रहँदा चौधरीको जित निश्चित भएको हो ।

पछिल्लो ताजा मतगणना अनुसार चौधरीले ३९ हजार २९७ मत पाएकी छन्, भने कांग्रेसका गच्छदारले ३३ हजार ८६३ मत पाएका छन् । चौधरी र गच्छदारबीच ५ हजार ४३४ मतको अन्तर रहेको छ ।

- Advertisement -
Ad imageAd image

त्यसोत, वि.सं. २०७० सालको निर्वाचनदेखि चौधरी कांग्रेसका गच्छदारसँग निरन्तर पराजित हुँदै आएकी थिइन् । दोस्रो संविधानसभाको निर्वाचनमा चौधरी ३ सय ६२ मतले गच्छदारसँग पराजित भएकी थिइन्, भने २०७४ मा उनी ३ सय २१ मतान्तरले पराजित भएकी थिइन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्