अमेरिकामा रहेको फ्रिडम पार्टीको दुरुस्तै नेपालमा कसरी भयो, रहस्यमय छ: ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय रहस्यमय रहेको टिप्पणी गरेका छन् ।

मङ्गलवार नवनिर्वाचित एमालेका सांसदहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अमेरिकामा रहेको पार्टीको दुरुस्तै नेपालमा कसरी भयो भन्दै प्रश्न गरे ।

- Advertisement -
Ad imageAd image

उनले भने–‘संयोग नै भनौँ अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ । त्यसको चिन्ह घण्टी छ । फ्रिडम पार्टी अफ अमेरिका, त्यसको चिन्ह घण्टी छ । दुरुस्त आकारको, फोटो खिचेजस्तो दुरुस्त आकारको घण्टी चिन्ह यहाँ पनि ल्याएको छ । फ्रिडम पार्टी भनेको छ, संयोग नै होला । अस्तिसम्म स्याप्पै थियो त्यो पार्टी, हावा नहाली कसरी हुप्प भयो ? केही त होला ।’

उनले यसबारे थप टिप्पणी गर्ने पक्षमा आफू नरहेको समेत उल्लेख गरे । आम निर्वाचनबाट रवि लामिछाने नेतृत्वको सो पार्टी उदाएको छ । सो पार्टीले प्रतिनिधिसभामा ७ सिट जितेको छ भने समानुपातिकमा पनि उल्लेख्य मत पाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्