काठमाडौँ – नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका सबै कम्युनिस्टहरू एक हुने बेला आएको बताएका छन् । आम निर्वाचनको विषयमा भिडियो वक्तव्य दिँदै महासचिव विप्लवले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘हामी कम्युनिस्टहरू एक हुन जरुरी छ । झापा विद्रोहदेखि, जनयुद्धदेखि यहाँसम्म क्रान्ति र परिवर्तनको पक्षमा लडेका, योगदान गरेका, नयाँ सपना देखेका कुनै न कुनै रूपले योगदान गरेका सबै कम्युनिस्ट समर्थक नागरिकहरू, जनसमुदायहरू, देशभक्त नागरिकहरू ।’
महासचिव विप्लवले सबैले कमजोरी सच्याउनु पर्ने बेला आएको भन्दै अझै पनि संसदबाट केही गर्न सकिन्छ कि भन्ने भ्रम मात्रै रहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्