झोल औषधिमा एथिलिन र डायथिलिन ग्लाइकोल मिसावट नगर्न विभागको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – औषधि व्यवस्था विभागले नेपालमा उत्पादन र पैठारी हुने झोल औषधिमा एथिलिन र डायथिलिन ग्लाइकोलको मिसावट नगर्न निर्देशन दिएको छ ।

बालबालिकाको झोल औषधिमा यस्ता रसायनले गम्भीर मिर्गौलाको समस्या निम्त्याएको र मृत्यु समेत गराएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको भन्दै विभागले यस्तो निर्देशन दिएको हो ।

नेपालमा उत्पादन हुने औषधिहरूमा पनि विभिन्न प्रकारका ग्लाइकोन र ग्लिस्रिन प्रयोग हुने भएकाले अब यस्तो समस्या आउन नदिन यस्तो सूचना जारी गरिएको विभागले जनाएको छ ।

विभगले नेपाली औषधि उत्पादन तथा पैठारीकर्ताले झोल बनावटका एथिलिन र डायथिलिन ग्लाइकोल नभएको भनी अनिवार्य यकिन गरेर मात्र बिक्री–वितरण गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array