काठमाडौँ – उदयपुर क्षेत्र नं. १ का १० मतदान केन्द्रका १०० मतपत्र बदर गरेर मतगणना सुरु गरिएको छ । बदर भएका मतपत्रहरु उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (२) अन्तर्गतका हुन् ।
मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले प्रदेश सभा २ तर्फका १०० वटा मतपत्र दोहोरो परेकाले ती मतपत्रहरु बदर गर्ने निर्णय भएको जानकारी दिए ।
निर्वाचन आयोगले मंसिर ५ गते गरेको निर्णयमा पनि जुन प्रणाली वा सभाको मतपत्र दोहोरो परेको हो, त्यस्तो मतपत्र बदर गर्ने भन्ने व्यवस्था बमोजिम आफूले बदर हुने निर्णय लिएको सुवेदीको भनाइ छ ।
मतगणनाको क्रममा प्रतिनिधि सभा तर्फको प्रत्यक्षतर्फको मतपेटिकाभित्र प्रदेश सभा २ अन्तर्गतका प्रत्यक्षतर्फका १०० थान मतपत्र फेला परेपछि मतगणना रोकिएको थियो ।
अहिले पनि मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।
उदयपुर क्षेत्र नं. १ मा नेपाली कांग्रेसका डा. नारायण खड्का र मञ्जु कुमारी चौधरीबीच प्रतिस्पर्धा भइरहेको छ । यो समाचार तयार पार्दासम्म खड्को अग्रता कायम छ ।


प्रतिक्रिया दिनुहोस्