विश्वकप फुटबल: समूह चरणको अन्तिम खेलहरू आजबाट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – फिफा विश्वकप फुटबलमा आज (मंगलबार) बाट समूह चरणअन्तर्गतको अन्तिम खेलहरू सुरू हुँदै छ्न् ।

समूह चरणको तेस्रो चरणका खेलहरूमा आज समूह ‘ए’ र ‘बी’ का समान दुई खेल गरी चार खेलहरू हुँदैछन् । आजबाट हरेक समूहका दुई खेल एकै समयमा हुनेछ ।

- Advertisement -
Ad image
कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ८:४५ बजेदेखि सुरु हुने खेलमा समूह ‘ए’ को इक्वेडर र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । सोही समयमा अर्कोतर्फ अल बायत रंगशालामा आयोजक कतार र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

राति १२:४५ बजेदेखि समूह ‘बी’ का इरान र अमेरिकाले अल थुमामामा रंगशालामा खेल्दा अर्कोतर्फ अहमेद बिन अली रंगशालामा वेल्स र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्