आजको मौसम: पहाडी भू-भागमा बदली, चिसोबाट बच्न आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका पहाडी भू-भागका केही स्थानहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

- Advertisement -
Ad imageAd image

तराई भू-भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्