विश्वकप फुटबल: उरुग्वेविरुद्ध जित निकाल्दै पोर्चुगल नकआउट चरणमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – पोर्चुगल विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। सोमबार राति भएको खेलमा उरुग्वेलाई २-० गोलले पराजित गर्दै पोर्चुगल नकआउट चरणमा पुगेको हो।

नकआउट पुग्ने पोर्चुगल दोस्रो देश बनेको छ। सोमबार उरुग्वे विरुद्धको खेलमा पोर्चुगलका लागि ब्रुनो फर्नान्डेसले दुई गोल गरेका हुन्।

- Advertisement -
Ad imageAd image
पहिलो हाफ गोलरहित बराबरीमा ढुंगिएको थियो। दोस्रो हाफको ५४ औं मिनेटमा गोल गर्दै ब्रुनोले सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो गोल भने इन्जुरी समयमा भएको थियो। उरुग्वेका जोसे जिमिनेजले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि पाएको पेनाल्टीको अवसरलाई ब्रुनोले सदुपयोग गरेका हुन्।

२ शून्यको जितसँगै पोर्चुगल समूह ‘एच’ नकआउट चरणमा पुगेको हो। दुइृ खेल खेलेको पर्चुगलले ६ अंक जोडेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्