बेइजिङमा अत्यधिक चिसो बढेसँगै शीतलहरको चेतावनीे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – बेइजिङमा सोमबार साँझदेखि बुधबारसम्म चिसो अत्यधिक बढ्ने महानगरीय मौसम महाशाखाले चेतावनी दिएको छ । उक्त अवधिमा शीतलहर चल्ने र तापक्रम १६ डिग्री सेल्सियससम्म घट्ने विभागले जनाएको छ ।

आइतबारदेखि शीतलहर (चिसो सिरेठो) चल्ने भन्दै आवश्यक सावधानी अपनाउन नागरिकहरूलाई सचेत गराइएको छ । आगामी शीतलहरका कारण दैनिक अधिकतम तापक्रम १३ डिग्री सेल्सियसबाट माइनस तीन डिग्री सेल्सियसमा झर्ने र आगामी तीन दिनसम्म चिसो सिरेठो चल्ले महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array