विश्वकप फुटबल: स्विट्जरल्याण्डलाई हराउँदै ब्राजिल नकआउट चरणमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा ब्राजिलले स्विट्जरल्याण्डलाई हराएको छ । सोमबार राति ९७४ स्टेडियममा भएको खेलमा स्विट्जरल्याण्डलाई १–० ले पराजित गर्दै ब्राजिल नकआउट चरणमा प्रवेश गरेको हो ।

खेलको ८६ औँ मिनेटमा क्यासेमिरोले गरेको गोल नै ब्राजिलका लागि निर्णायक बन्यो। त्यसअघि खेलको ६४ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गरेपनि रेफ्रिले अफसाइड दिए। ब्राजिलसँग पराजित स्विटजरल्याण्डको पनि अघिल्लो चरण प्रवेशका लागि सम्भावना कायम छ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्