विश्वकप फुटबल: दक्षिण कोरिया घानासँग पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

घानाले समूह एच अन्तर्गतको समूह चरणको खेलमा दक्षिण कोरियालाई ३-२ ले पराजित गर्दै कतारमा जारी विश्वकप फुटबलको  नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।

पहिलो गोल घानाका लागि सालिसु मोहमोदले खेलको  २४औ मिनेटमा गोल गर्दै अग्रता दिलाए । ३४ औ मिनेटमा मोहमोद कुडुसले गोल गर्दै  अग्रता दोव्वर बनाए ।

- Advertisement -
Ad image

पहिलो हाप ०-२ अन्तरले पछाडि रहेको दक्षिण कोरियाका लागि दोस्रो हापको ५८ औ मिनेटमा  लागि चो गुए सोङले गोल गर्दै खेलमा फर्काउने कोसिश गरे । त्यसको ३ मिनेट नबित्दै ६१ मिनेटमा चो गुए सोङले नै अर्को  गोल गर्दै खेल बराबरीमा  पुर्‍याए ।

घानाका लागि ६८औ मिनेटमा मोहमोद कुडुसले व्यक्तिगत दोस्रो गोल गर्दै घानालाई ३-२ को अवस्थामा पुर्‍याए । त्यसपछि खेलमा थप गोल भएन र घाना ३-२ ले विजयी भयो ।

रेफ्रीले खेल सकिएको सिठ्ठी बजाएपछि कर्नर नदिएको आक्रोसमा रेफ्रीसँग वादविवाद गरेका कोरियाका प्रशिक्षक पाउलो बेन्टोले रातो कार्ड पाए  । इंग्लिस रेफ्री एन्टोनी टेलरले कोरियाले कर्नर पाउने बेला खेलको फाइनल व्हिसिल बजाएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्