एमालेद्वारा निर्वाचन आयोगलाई १० बुँदे ध्यानाकर्षण पत्र

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं– नेकपा एमालेले मंसिर ४ गते सम्पन्न निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगलाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा मतदानका क्रममा अनियमितता र बुथ कब्जा भएको भन्दै एमालेले ती क्षेत्रमा पुनः मतदान गराउन आयोगको ध्यानाकर्षण गराएको बतएको छ ।
महासचिव शंकर पोखरेलको नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तहरुलाई भेटी सुनसरी–४ को मतगणना तत्काल अघि बढाउन पनि आग्रह गरेका थिए ।
एमालेले पत्रमा मतगणनामा निर्वाचन क्षेत्र अनुसार मत बदर र सदर सम्बन्धमा फरक–फरक मापदण्ड अपनाउने, निर्वाचित भएको व्यक्तिलाई कसैलाई प्रमाणपत्र तत्काल लिने र कसैलाई नदिई राख्ने कार्य पूर्णतः कानून प्रतिकुल रहेको बताएको छ ।
पार्टीका उम्मेदवार बसन्त नेम्वाङलाई पाँचथरमा निर्वाचित भएको प्रमाणपत्र नदिई रोक्ने कुराले सत्ता गठबन्धन धाँधली गर्ने तयारीमा लागेको आरोप एमालेको छ । यस्तै प्रत्यक्षतर्फ र समानुपातिकमा प्रत्येक निर्वाचन क्षेत्रबाट प्राप्त समानुपातिकतर्फको मतहरु उपलब्ध गराई कूल योगफल मिले–नमिलेको हेर्न सकिने गरी पारदर्शिता अपनाउने व्यवस्था मिलाउन पनि एमालेले आयोगलाई आग्रह गरेको छ ।

 एमालेले आयोगलाई बुझाएको १० बुँदे ध्यानाकर्षण–पत्र 

श्री निर्वाचन आयोग
कान्तिपथ, काठमाडौ“ । 

प्रतिक्रिया दिनुहोस्

Array