काठमाडौँ – कतारमा जारी फिफा विश्वकपमा समूह जी का सर्विया र क्यामरुनले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
फिफा विश्वकप अन्तर्गत समूह चरणको दोस्रो राउण्डको खेल अन्तर्गत भएको खेल ३-३ गोल को बराबरीमा सकिएको छ । दुवैले पहिलो राउण्डको खेलमा पराजय भोगेका थिए ।
खेलको पहिलो गोल पहिलो हाफको २९ औ मिनेटमा क्यामरूनका जिन क्यास्टेलेट्टोले गरेका थिए । तर सर्वियाले पहिलो हापमानै बराबरी गोल फर्कायो । पहिलो हापको अतिरिक्त समयको ४५+१ मिनेटमा सर्वियाका लागि स्टारिन्जा पाब्लोभिचले गोल गरे र खेल बराबरीमा पुग्यो । पहिलो हापको अतिरिक्त समयमानै सर्वियाले अग्रता बनायो । खेलको ४५+४ मिनेटमा मिलिनकोभिकले गोल गर्दै अग्रता दिलाए ।
दोस्रो हापको ५३ मिनेटमा गोल गर्दै सर्वियाले अग्रता बढायो । सर्वियाको लागि मित्रोभिक अलेक्सेन्डरले गोल गरेको थिए ।
खेलको ५५ मिनेटमा क्यामरूनले महत्वपूर्ण परिवर्तन गर्दै होंग्ला मार्टिनको स्थानमा अबुवकार भिन्सेन्टलाई मैदानमा उतार्यो । मैदान छिरेको ८ मिनेट खेलको ६३ औ मिनेटमा अबुवकारले सुन्दर गोल गरे र क्यामरूनलाई खेलमा फर्काए ।
त्यसको ३ मिनेट लगत्तै ६६ औ मिनेटमा अबुवकारकै सुन्दर पासमा मक्सिम एरिकले गोल गर्दा खेल ३-३ को स्थितिमा पुग्यो । त्यसपछि खेलमा कुनै गोल भएन र खेल बराबरीमा सकियो ।
समूहको आफ्नो पहिलो खेल गुमाएका दुवै टिमका लागि यो बराबरीले नकआउट प्रवेश लक्ष्यमा घाटा हुन सक्छ ।


प्रतिक्रिया दिनुहोस्