जनताले विकास चाहेको तर मतपरिणम हेर्दा रुचाएको देखिएन: प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा जनताले आवेशमा मत हालेको टिप्पणी गरेका छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै आफूहरूले मिहिनेत गरेर काम गर्दा समेत जनतालाई सन्तुष्टि नमिलेको बताए।

- Advertisement -
Ad imageAd image

उनले भने, ‘भर्खरै भएको चुनावतिर नजर लगायो भने राम्रो विकास गरेर तीव्र गतिमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य रोजगारीसहित जनताको जीवनमा सहज बनाउन व्यापक रूपमा बढो मेहनत गरेर काम गर्दा पनि मान्छेलाई सन्तुष्टि मिलेको छैन। जनताले विकास र समृद्धि त चाहेका छन् तर, अहिलेको मतपरिणमलाई हेर्दा विकासलाई रुचाएको पनि देखिँदैन।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गएको मत आवेशको भएकाले राजनीतिक दल र नेतृत्व गम्भीर हुन आवश्यक रहेको उनको भनाइ छ।

उनले भने, ‘जनताले राम्रो एजेण्डा भएकाले गणतन्त्र सङ्घीयता, समावेशी समानुपातिक यी मान्यतालाई रुचायो भन्ने पनि देखिँदैन। त्यसैले कहीँ न कहीँ विदेशको ठाउँमा आवेगले काम गरेको छ। राजनीति दल र नेतृत्वलाई पनि त्यस विषयमा ध्यान जाओस् भन्न चाहन्छु।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्