उदयपुर १ मा रोकिएको मतगणनालाई निरन्तरता दिन निर्वाचन आयोगको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – उदयपुर क्षेत्र नम्बर-१ मा रोकिएको मतगणना कार्यलाई निरन्तरता दिन निर्वाचन आयोगले निर्देशन दिएको छ ।

आयोगले सोमबार उदयपुरका मुख्‍य निर्वाच अधिकृतको कार्यालयलाई मतगणनापूर्व भएको सहमतीको आधारमा मतगणना कार्यलाई निरन्तरता दिन निर्देशन दिएको हो ।

- Advertisement -
Ad image

आयोगका उप-सचिव ऋषिराम अर्यालले जारी गरेको पत्रमा भनिएको छ, ‘‘सो सम्बन्धनमा मतगणनापूर्व जे जस्तो सहमती भएको हो सो सहमतीका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन सम्बन्धित मुख्‍य निर्वाचन अधिकृतलाई निर्देशन दिने।’

साथै एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएकोमा मंसिर ४ गते आयोगको पत्रबमोजिम मतगणनालाई निरन्तरता दिनसमेत निर्णय गरेको आयोगले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्