काश्मिरको निलम उपत्यकामा जीप खस्दा ६ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – मतदाता बोकेका एक जीप पाकिस्तान–नियन्त्रित काश्मिर (पीओके) को निलम उपत्यकामा नालामा खस्दा छ जनाको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएका डन पत्रिका आइतबार जानकारी दिएको छ ।

यस घटनामा परी मृत्यु हुनेमा छ जना महिला रहेका स्थानीय प्रहरीले जनाएको छ । दुधनियालको छारी इलाकामा आइतबार दिउँसो करिब १२ः३० बजे जीप तीन सय फिट गहिरो सुख्खा नालामा खसेको जिल्ला विपद् व्यवस्थापन अधिकृत अख्तर अयुबलाई उद्धृत गर्दै डनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array