चुनावमा भएको झडपमा मृत्यु भएका चेतनको ९ दिनपछि अन्त्येष्टि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – चुनावका क्रममा भएको दुई पक्षीय झडपका क्रममा मृत्यु भएका एमाले निकट विद्यार्थी नेता चेतन दीप आयडीको अन्त्येष्टि गर्न लागिएको छ । उनको घटनाको ९ दिनपछि सोमबार अन्त्येष्टि गर्न लागिएको हो ।

अन्तिम संस्कार गर्न लैजानुअघि नेकपा एमाले बाजुराले अनेरास्ववियुका केन्द्रीय सदस्य समेत रहेका आयडीको शव श्रद्धाञ्जलीका लागि खुलामञ्च मार्तडीमा राखेको छ । मसिंर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा नेपाली काँग्रेसका कार्यकर्तासँगको झडपका क्रममा उनको मृत्यु भएको थियो ।

- Advertisement -
Ad imageAd image

आयडीको शव श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखेपछि दाहसंस्कारको लागि बुढीगंगा नदीमा लगिएको छ । घाइते भएका आयडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगिएको थियो । अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्