प्रधानमन्त्री बनाउन सहयोग गर्न रामचन्द्रको माधवकुमार नेपाललाई आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ। उनीहरूबिच कोटेश्वरस्थित नेता नेपालको निजी निवासमा भेट भएको हो।

पौडेल निकट स्रोतका अनुसार आगामी नयाँ सरकार बनाउने र गठबन्धन कायम राख्ने विषयमा कुराकानी भएको थियो। पौडेलले आफूलाई प्रधानमन्त्री बन्न नेता नेपालसमक्ष अनुरोध गरेका थिए।

- Advertisement -
Ad imageAd image

जवाफमा नेपालले आफ्नो सहयोग हुने बताएका थिए। उनले भने, ‘तपाईँलाई सहयोग हुन्छ, तपाईँको समकालीन सबै पीएम भए तपाईँ बाँकी हो, हाम्रो सहयोग रहन्छ ।’

यसअघि पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेता विमलेन्द्र निधिसँग पनि भेट गरिसकेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्