प्रधानमन्त्री बनाउन सहयोग गर्न रामचन्द्रको माधवकुमार नेपाललाई आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ। उनीहरूबिच कोटेश्वरस्थित नेता नेपालको निजी निवासमा भेट भएको हो।

पौडेल निकट स्रोतका अनुसार आगामी नयाँ सरकार बनाउने र गठबन्धन कायम राख्ने विषयमा कुराकानी भएको थियो। पौडेलले आफूलाई प्रधानमन्त्री बन्न नेता नेपालसमक्ष अनुरोध गरेका थिए।

- Advertisement -
Ad image

जवाफमा नेपालले आफ्नो सहयोग हुने बताएका थिए। उनले भने, ‘तपाईँलाई सहयोग हुन्छ, तपाईँको समकालीन सबै पीएम भए तपाईँ बाँकी हो, हाम्रो सहयोग रहन्छ ।’

यसअघि पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेता विमलेन्द्र निधिसँग पनि भेट गरिसकेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्