राष्ट्र बैंकले बैंकहरुको स्प्रेड दर घटायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल राष्ट्र बैंकले औसत ब्याजदर अन्तर (स्प्रेड) लाई घटाएको छ । राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्ष ०७९/०८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै स्प्रेडदर घटाएको जानकारी गराएको हो ।

हाल वाणिज्य बैंकको औसत ब्याजदर अन्तर ४.४ प्रतिशत रहेकोमा यसलाई घटाएर ४ प्रतिशत कायम गरिएको छ । यस्तै विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर पनि ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गरिएको छ  ।

- Advertisement -
Ad imageAd image

स्प्रडदर कम हुँदा बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरिएको राष्ट्र बैंकका प्रवत्ता डा. गुणाकर भट्टले बताए । । केन्द्रीय बैंकले प्रिमियमसम्बन्धी व्यवस्थाको नियमित  अनुगमन समेत गर्ने उनले जानकारी दिए ।

यसैगरि समीक्षामा बैंक तथा वित्तीय संस्थाको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) नपुगेमा बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरिवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरावलोकन गरिने भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्