सुनसरी ३ मा नेकपा एमालेको अग्रता कायमै, विजय कुमार गच्‍छदार दोस्रो स्थानमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेको अग्रता कायम छ । एमाले उमेदवार भगवती चौधरीले २१ हजार ४ मत पाएकी छन् ।

नेपाली कांग्रेसका उमेदवार विजय कुमार गच्‍छदार दोस्रो स्थानमा छन् । उनको पक्षमा १५ हजार ८२३ मत खसेको छ । चौधरीभन्दा गच्छदार ५ हजार १८१ मतले पछि छन् ।

- Advertisement -
Ad image

राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीमा उमेदवार कमल बाबु मैनालीले ५ हजार ८३४ मत पाएका छन् । मतगणना जारी छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्