चीनमा नेतृत्व विरुद्ध प्रदर्शन, राष्ट्रपति सी जिनपिङको राजीनामा माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – चीनमा नेतृत्व विरुद्ध विरोध प्रदर्शन भएको छ । उरुम्चीमा रहेको एउटा अपार्टमेन्टमा भएको आगलागीमा १० जनाको ज्यान गएपछि चीनमा कोभिड निषेधाज्ञा विरुद्ध प्रदर्शन सुरु भएको हो ।

साङ्घाई सहरमा सयौँ मानिसले राष्ट्रपति सी जिनपिङको राजीनामा माग्दै प्रदर्शन गरेका भिडियो सार्वजनिक भएको छ । यसलाई चिनियाँ नेतृत्व विरुद्ध भएको दुर्लभ प्रदर्शन भनिएको छ । कतिपय प्रदर्शनकारीहरूले खुल्ला रूपमा राष्ट्रपति सी जिनिपङको राजीनामा माग गरिरहेका बीबीसीले जनाएको छ ।

पश्चिम सिनजियाङको एउटा अग्लो भवनमा भएको आगलागीमा १० जना मानिसको ज्यान गएपछि निकालिएको जुलुसबाट प्रदर्शन सुरु भएको हो । प्रदर्शन भएका क्षेत्रमा व्यापक प्रहरी तैनाथ गरिएको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array