काठमाडौँ – फिफा विश्वकपमा आज (सोमबार) समूह ‘जी’ र ‘एच’का दुई-दुई खेल गरी चार खेलहरू हुँदै छन् ।
कतारको अल जनौब रंगशालामा हुने आजको पहिलो खेलमा समूह ‘जी’मा रहेको क्यामरूनले सर्बियाको सामना गर्दै छ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।
एजुकेसन सिटी रंगशालामा हुने दिनको दोस्रो खेलमा समूह ‘एच’को दक्षिण कोरियाले घानाविरुद्ध खेल्नेछ । खेल साँझ ६ः४५ बजेदेखि सुरु हुनेछ ।
यसैगरी, राति ९ः४५ बजेदेखि रंगशाला ९७४ सुरु हुने आजको तेस्रो खेलमा समूह ‘जी’मा रहेको ब्राजिलले स्विट्जरल्यान्डविरुद्ध खेल्नेछ ।
यस्तै, दिनको अन्तिम खेलमा राति १२ः४५ बजे समूह ‘एच’को पोर्चुगलले उरुग्वेसँग खेल्नेछ । यो खेल कतारको लुसैल रंगशालामा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्