विश्वकप फुटबल अन्तर्गत भएको समूह चरणको दोस्रो राउण्डको खेलमा मोरक्कोले बेल्जियमलाई २-० ले पराजित गरेको छ । पहिलो हाफ बराबरी सकिएको दोस्रो हाफ भने मोरक्कोले आफ्नो पक्षमा पारयो ।
मोरक्कोकोलागि खेलको ७३औ मिनेटमा सबिरी अब्दिलहमिदले गरेका थिए । सबिरी खेलको ६८औ मिनेटमा अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए ।
त्यस्तै खेलको अतिरिक्त समयको ९०+३ मिनेटमा जाकरियाले गोल गर्दै जीत सुनिश्चित गरे । जाकरिया समेत अतिरिक्त खेलाडीको रूपमा ७३औ मिनेटमा मैदान प्रवेश गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्