दोलखाका १० वटा मतदान केन्द्रमा पुन: मतदान हुने (निर्वाचन केन्द्रको विवरण सहित)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

बुथ कब्जा भएको भनेर मतगणना रोकिएको दोलखामा १० वटा मतदान केन्द्रमा पुन: मतदान गर्न निर्वाचन आयोगले दोलखा निर्वाचन आयोगलाई निर्देशन दिएको छ  । पुन: मतदान हुने केन्द्रहरूमा दोलखाको वैत्यश्वर गाउँपालिका-६ का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका-३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख त्यस्तै वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख, ग गरी १०  वटा मतदान केन्द्रको निर्वाचन रद्द गर्दै निर्वाचन आयोगको आइतबारको बैठकले पुन: मतदान गर्न निर्देशन दिएको हो । पुन : मतदान हुने ति केन्द्रमा मंसिर १५ गतेभित्र पुन: मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई आयोगले निर्देशन दिएको छ ।

निर्वाचन आयोगको बैठकले ती मतदान केन्द्रमा खटिएका कर्मचारीलाई कारबाहीका लागि आयोगमा विवरण पेस गर्न सचिवालयलाई निर्देशन समेत  दिएको छ ।

- Advertisement -
Ad image

वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रमा सय वटा मतपत्र अर्धकट्टीसमेत हराएको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्