इलाम १ मा झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् । इलाम–१ बाट खनाल २९५७ मतान्तरले बस्नेतसँग पराजित भएका हुन् ।

खनालले यो क्षेत्रबाट ०५६ बाहेक सवै निर्वाचन जितेका थिए । तर यसपटक पहिले जित्दै आएको एमालेकै उम्मेदवारसँग पराजित भएका छन् । खनाललाई सत्तारुढ गठबन्धनका दलहरुको समर्थन थियो ।

प्रतिक्रिया दिनुहोस्

Array