उड्ने तयारीमा रहेको नेपाल वायुसेवा निगमको जहाज स्टार्ट भएन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

उड्ने तयारीमा रहेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज ए३२० (आरए २०१) स्टार्ट भएन । बिहान ११.३० मा भारतको मुम्बई उड्ने तयारीमा रहेको जहाजबाट यात्रु उतारेर अर्को बिमानमा पठाईएको छ । प्राविधिक समस्याका कारण इन्जिन स्टार्ट नभएपछि सो जहाज ग्राउण्डेड भएको छ ।

आइतबार नै दिल्लीबाट फर्किएको अर्को न्यारोबडी जहाजमा यस जहाजका यात्रु राखेर जहाज मुम्बई पठाईएको छ । जहाजमा १५२ जना यात्रु रहेका छन् ।

इन्जिन स्टार्ट नभएको जहाजको प्राविधिक जाँच सुरु गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array