बेलारुसका विदेशमन्त्रीको भ्लादिमिर मेकीको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – बेलारुसका विदेशमन्त्री भ्लादिमिर मेकीको ६४ वर्षको उमेरमा निधन भएको छ । मेकी सोमबार रुसी समकक्षी सर्गेई लावरोवसँग भेटघाटको तयारीमा थिए ।

मृत्युको कारणबारे केही जानकारी दिइएको छैन । उनको निधनको खबरले बेलारुसमा शोकको लहर छ । मेकीले सन् २०१२ देखि आफ्नो पद सम्हालिरहेका थिए । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले मेकीको निधनमा आफ्नो समवेदना व्यक्त गरेका छन् ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोवाले आफ्नो टेलिग्राम च्यानलमा बेलारुसका विदेश मन्त्रालयका प्रमुख भ्लादिमिर मेकीको मृत्युको खबरले आफूहरु स्तब्ध भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

Array