विश्वकप फुटबल: साउदी अरवलाई हराउदै पोल्याण्ड विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०७९, शनिबार
1 Min Read
Aa

विश्वकप फुटबल अन्तर्गत भएको समूह चरणको दोस्रो राउण्डको खेलमा पोल्याण्डले साउदी अरवलाई २-० गोल अन्तरले पराजित गरेको छ । पोल्याण्डका लागि खेलको पहिलो हापको ३९औ मिनेटमा जिलिनस्कीले गोल गरे ।

खेलको पहिलो हापको अतिरिक्त समयमा पाएको पेनाल्टी चुक्दा साउदी अरवले बराबरीको मौका गुमायो । अल दवासरी सलिम पेनाल्टीमा चुकेका थिए ।

त्यस्तै खेलको ८२ औ मिनेटमा लेवनडोस्कीले गोल गर्दै अग्रता दोव्वर बनाए ।

त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल पोल्याण्डले २-० ले आफ्नो पक्षमा पारयो ।

प्रतिक्रिया दिनुहोस्

Array