समानुपातिक मतगणनामा धाँधली हुनसक्ने एमाले अध्यक्ष ओलीको आसंका

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०७९, शनिबार
1 Min Read
Aa

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक मतगणनामा धाँधली हुनसक्ने भन्दै कार्यकर्तालाई सजग हुन भनेका छन् । फेसबुकमा एक स्टाटस लेख्दै ओलीले कार्यकर्तालाई सजग हुन निर्देशन दिएका हुन् ।

उनले केही पार्टीको मत वृद्धि अस्वाभाविक भइरहेको लेखेका छन् ।

‘सुरू देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ,’ उनले भनेका छन्, ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ।’

ओलीले मतगणनामा प्रतिनिधि रहेका आफ्ना प्रातिनिधीलाई मत परिणामको मुचुल्काको प्रति फेसबुकमा म्यासेज गर्न पनि निर्देशन दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

Array