मन्त्रीहरूले नै मलमा कमिसन खाने गर्दछन : नवनिर्वाचित सांसद प्रेम सुवाल (नेमकिपा)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०७९, शनिबार
1 Min Read
Aa

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को तर्फबाट भक्तपुर १ बाट नवनिर्वाचित सांसद प्रेम सुवालले सरकारका मन्त्रीहरूले नै भारत सरकारसँग मल किन्ने र कमिसन खाने गरेको आरोप लगाएका छन् । शनिबार भक्तपुर १ का मतदाताहरूलाई धन्यवाद दिन निकालिएको विजय जुलुसपछि सञ्चारकर्मीसँग कुरा गर्दै सुवालले भने हामीले मल कारखाना हाम्रै देशमा खोल्नुपर्छ भनेका छौँ, तर मन्त्रीहरू नै भारतसँग किन्ने र पैसा खाने गर्छन्। उनीहरूको काम नै त्यही हो

सुवालले देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुने कानुन निर्माणमा उनी हरक्षण लागिरहने समेत बताए । साथै उनले देशभित्रै  निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था र नि:शुल्क गुणस्तरीय  शिक्षाका लागि कानुन बनाउन आवाज उठाउने समेत बताए ।

सुवालले स्वदेशमै रोजगारी शृजना हुनेगरी कानुन निर्माण गर्न आफूले संसदमा आवाज उठाउने समेत बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

Array