देउवा र प्रचण्डबीच भेटवार्ता,सत्ता गठबन्धनका दलको बैठक बस्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०७९, शनिबार
1 Min Read
Aa

निर्वाचनको सम्पूर्ण परिणाम आइनसक्दै सत्ता गठबन्धनका मुख्य घटकका नेता शेरबहादुर देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा गठबन्धनलाई अझ कसिलो कसरी बनाउने भन्ने बिषयमा छलफल भएको देउवा सचिवालयले बताएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए अनुसार देउवा र प्रचण्डबीच सरकारमा सहभागी दलहरुकै भावी सरकार बनाउने गरी छलफल गर्न बैठक बोलाउने सहमति भएको छ ।

निर्वाचनको सम्पूर्ण नतिजा आइनसकेकाले निर्वाचनको सामान्य समीक्षा मात्र  भएको परियारले बताए । परियारले भने  , ‘गठबन्धनलाई अझ एकढिक्का बनाएर  सरकार गठन सहित अरु विषयमा छलफल गर्न  सत्ता गठबन्धनका दलको बैठक बोलाउने सहमति भएको छ ।’

यस बिषयमा प्रचण्डको सचिवालय सँग सम्पर्क राख्दा सामान्य भेटघाटमात्र रहेको बतायो ।

प्रतिक्रिया दिनुहोस्

Array