बाजुराको बुढीनन्दा नगरपालिका ५ मा बिहान ७ बजेदेखि मतदान हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०७९, शनिबार
1 Min Read
Aa
partinidhi

बाजुरा–
बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ मा बिहान ७ बजेदेखि मतदान केन्द्रमा मतदान भइरहेको छ । कुल ९९९ मतदाता रहेको सो मतदान स्थलमा बिहान १० बजेसम्म २ सय बढी मत खसेको जानकारी दिएको छ ।
गत मंसिर ४ गते मतदानका दिन विवाद र झडपका कारण सो मतदान स्थलको मतदान प्रक्रिया स्थगित भएको थियो । राजनीतिक दलहरुले जिल्लाका २४ भन्दा बढी मतदान केन्द्रको मतदान प्रक्रिया रद्ध गरिपाउँ भनेर निवेदन दिएको बाजुरा निवार्चन आयोगले जानकारी दिएको छ ।
आयोगको छानविन टोलीले पनि बाजुरामा अध्ययन गरिरहेकोले उनीहरुले दिएको प्रतिवेदन समेतका आधारमा आयोगले निर्णय गर्ने बताइएको छ । बाजुराका विवादग्रस्त मतदान केन्द्रका बारेमा आयोगको टोलीले शुक्रबारदेखि अध्ययन गरिरहेको छ ।
गत मंसिर ४ गते मतदानका दिन बाजुराका विभिन्न मतदान स्थलमा भएको झडपका कारण एक जनाको प्रहरीको गोली लागी ज्यान समेत गएको थियो भने अर्का एकजनाको कुटपिटबाट ज्यान गएको थियो ।
त्यस्तै दोलखा र स्याङ्जामा पनि पुर्नः मतदान हुनुपर्ने माग राख्दै दलहरुले निवेदन आयोगमा दिएको छन् । उक्त स्थानमा पनि निवार्चन आयोगले अध्ययन टोली पठाएको छ । अध्ययन टोलीको प्रतिवेदनको आधारमा पुनः मतदान गर्ने वा नगर्ने विषयमा निर्णय गर्ने आयोगले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्