प्रतिनिधिसभाको समानुपातिकतर्फ तेस्रो स्थानका लागि स्वतन्त्र पार्टी र माओवादीको प्रतिस्पर्धा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौ–
मंसिर ४ मा सम्पन्न निर्वाचनको परिणाम आउने क्रम जारी रहदा  प्रतिनिधिसभाको समानुपातिक तर्फ तेस्रो स्थानको लागि राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादीको प्रतिस्पर्धा देखिएको छ । रास्वपाले ७ लाख ९२ हजार ४१४ पाउँदा माओवादी केन्द्रले ७ लाख ७८ हजार ७६९ मत प्राप्त गरेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ भने एमालेले सुरुआतदेखि नै अग्रता कायम गरेको छ। निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले १८ लाख ३९ हजार ५४ मत प्राप्त गरेको छ । कांग्रेसले १७ लाख ७६ हजार १४८ मत पाउँदै दोस्रो स्थानमा रहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ६ हजार ११८, जनता समाजवादी पार्टीले २ लाख १७ हजार ९ सय ५, एकीकृत समाजवादीले १ लाख ६७ हजार ६ सय १९, नागरिक उन्मुक्ति पार्टीले १ लाख ५९ हजार ७५१ र जनमत पार्टीले १ लाख ४९ हजार ५५९ मत प्राप्त गरेका छन्।
कांग्रेसले सबैभन्दा धेरै प्रत्यक्ष तर्फ ४९ सीट जितेको छ भने दोस्रोमा एमालेले ३८ स्थानमा विजयी गरेको छ । १६ सिट जितेको माओवादी तेस्रो स्थानमा छ ।
एकीकृत समाजवादी १० सिटका साथ चौथो स्थानमा छ भने ७ सिटका साथ राष्ट्रिय स्वतन्त्र पार्टी पाँचौंमा छ। मतगणना अझै जारी छ। कांग्रेस, एमाले, माओवादी र रास्वपा क्रमशः ५, ६, २ र १ स्थानमा अगाडि छन्।

प्रतिक्रिया दिनुहोस्

Array