मोरङको – ३ मा कांग्रेस उम्मेदवार डा. शुनिल शर्मा विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं–
मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस उम्मेदवार डाक्टर शुनिल शर्मा विजयी भएका छन् । २०७४ सालको निर्वाचनमा एमाले उम्मेदवार भानुभक्त ढकालले नै डाक्टर शर्मालाई पराजित गरेका थिए । नोबेल मेडिकल कलेज विराटनगरको सञ्चालक समेत रहेका शर्माले ४८ हजार ६३१ मत ल्याएका छन् । ढकालले २५ हजार ८९५ मत मात्रै पाए । राप्रपाबाट उम्मेदवार बनेकी रेखा थापाले १० हजार ९८८ मत ल्याएर तेस्रो भइन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले ३१७२, मंगोल नेशनल अर्गनाइजेसनका बिकेन्द्र राईले १५२० मत प्राप्त गरेका छन् ।
प्रदेश सभा ३ (१) मा कांग्रेसका मानबहादुर लिम्बु निर्वाचित भएका छन् । उनले १९ हजार ७४९ मत ल्याएका छन् । एमाले उम्मेदवार दिलिप राईले १४ हजार ८१७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array