बाजुराको बुढीनन्दा ५ मा आज मतदान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – बाजुराको बुढीनन्दा–५ मा रोकिएको निर्वाचन आज हुँदैछ । मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतदान प्रक्रिया यहाँ रोकिएको थियो ।

मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले अहिले बिहान ७ बजेदेखि मतदान कार्य सुरु हुने बाह्रखरीलाई जानकारी दिए । यो केन्द्रमा ९९९ जना मतादाता रहेको पनि उनले बताए ।

राजनीतिक दलहरुले जिल्लाका २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी गरेका छन् । यी उजुरीको विषयमा पनि निर्णय भइनसकेको उनले जानकारी दिए ।

“यहाँ विवाद भएको भन्दै उजुरी परेका छन् । यी उजुरी र यहाँको विवादको विषय बुझ्न आयोगको टोली यतै छ,” उनले भने, “आयोगले अध्ययन गरेपछि निर्णय गर्छ र हामी कसरी अघि बढ्ने निर्णय गर्छौँ ।”

उनका अनुसार मतदान सकिएपछि मतपेटिका भण्डारण गरिने र आयोगको निर्णय पछिमात्र मतगणना प्रक्रिया अघि बढाइने छ । अयोगले सहसचिवको तुलसीबहादुर श्रेष्ठको नेतृत्वमा टोली गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array