कतार विश्वकप: आज चार खेल हुँदै, पहिलो खेलमा ट्युनिसिया र अस्ट्रेलिया भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – कतारमा जारी फिफा विश्वकपमा आज (शनिबार) समूह ‘सी’ का दुई र समूह ‘डी’ का दुई गरी चार खेल हुँदै छन् ।

आजको पहिलो खेलमा दिउँसो ३ः४५ बजे समूह ‘डी’ मा रहेका ट्युनिसिया र अस्ट्रेलिया भिड्नेछन् । खेल अल जनौब रंगशालामा हुनेछ ।

कतारको एजुकेसन सिटी रंगशालामा हुने दोस्रो खेलमा समूह ‘सी’ मा रहेका पोल्यान्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेदेखि सुरु हुनेछ  ।

दिनको तेस्रो खेलमा राति ९ः४५ बजे समूह ‘डी’ मा रहेका डेनमार्क र फ्रान्स भिड्नेछन् । यो खेल रंगशाला ९७४ मा हुनेछ ।

दिनको चौँथो खेलमा राति १२ः४५ बजे समूह ‘सी’ का अर्जेन्टिना र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ । खेल कतारको लुसैल रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array