काभ्रे १ मा नेकपा माओवादी केन्द्रका सूर्यमान तामाङ निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सूर्यमान तामाङ (दोङ) निर्वाचित भएका छन् । तामाङ ३४ हजार पाँच सय १२ मतसहित निर्वाचित भएका हुन् ।

त्यसैगरी उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार रेशमबहादुर लामाले ३० हजार पाँच सय ४८ मत पाएका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठ आठ हजार छ सय ९७ मत प्राप्त गरेर तेस्रो भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर विश्वकर्माले एक हजार आठ सय ५३ मत प्राप्त गरेका छन् ।

काभ्रे–१ मा जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र गरी १७ उम्मेदवार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array