मोरङ २ बाट एमालेका ऋषिकेश पोखरेल विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– कांग्रेस नेतृ सुजाता कोइराला पराजित गर्दौ मोरङ २ बाट उम्मेदवार नेकपा एमालेका ऋषिकेश पोखरेल विजयी भएका छन् ।
ऋषिकेशले ३३ हजार १४८ मत पाउँदा सुजाताले ३१ हजार ९४० मत पाइन् । पोखरेल २०७० सालको संविधान सभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए। सो निर्वाचनमा उनले नेपाली कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गरेका थिए।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने उनी कांग्रेसका डा। मीनेन्द्र रिजालसँग पराजित भएका थिए।

- Advertisement -
Ad image

सुजाता कांग्रेसका दिवंगत नेता तथा पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाकी छोरी हुन् । उनी पराराष्ट्र मन्त्रि समेत भैसकेकि छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्