विश्वकप फुटबल अन्तरगत बहेको समूह चरणको खेलमा आयोजक कतार सेनेगलसँग पराजित भएको छ ।
अफ्रिकन राष्ट्र सेनेगलसँग आयोजक कतार ३-१ ले पराजित भएको हो । यो हार सँगै कतारको नकाउट चरणमा प्रवेश गर्ने कतारको सम्भावना सकिएको छ ।
सेनेगलका लागि पहिलो हापको ४१औ मिनेटमा डिया बाउलाएले गोल गरे । त्यस्तै दोस्रो हापको शुरुवात खेलको ४८ मिनेटमा फमराले अग्रता दोव्वर बनाए ।
त्यसपछि कतार ७८ मिनेटमा गोल गर्दै खेलमा फर्कियो कतारका लागि मुन्तरी मोहम्मदले गोल गरे ।
तर कतार फेरी चुक्यो खेलको ८४ औ मिनेटमा सेनेगलका लागि बाम्बा डेंग आम्बादुले तेस्रो गोल गरे ।
त्यसपछि खेलमा कुनै गोल हुन् सकेन । अन्तत कतार ३ – १ ले पराजित भयो ।


प्रतिक्रिया दिनुहोस्