सिहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा पुगेको कुरा जनताले विर्से: प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं–
नेपाली जनताले रगत बगाएर ल्याएको परिवर्तनलाई उल्टाउन नदिने र नेपाली जनताको अधिकारको सुरक्षाको निम्ति अन्तिम समयसम्म संघर्ष गरिरहने नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा २ का प्रतिनिसधा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताए। वाम लोकतान्त्रिक गठबन्धन गोरखाको विजयी उम्मेदवारहरुको धन्यवाद एवं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले भने, ‘अहिले नै सबै बर्बाद भयो भन्ने केही पनि छैन तर यदि राजनीतिक नेतृत्वले गम्भीर आत्मसमीक्षा गरेर आउने दिनको लागि जनताको निम्ति समर्पित हुने नीति योजना र कार्यक्रम ल्याएर अगाडि नआउने हो भने देश अप्ठारोमा पर्न सक्छ।’
उनले नयाँ दलहरुलाई लक्षित गर्दै राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताएका हुन्।
देशमा आएको राजनीतिक परिवर्तन र हाल सम्म प्राप्त उपलब्धीलाई विर्सेर जनताले आवेकमा आएको बताउदै उनले भने, ‘सिहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा पुगेको कुराहरुलाई मुल एजेण्डा होइन, एउटा आवेगमा देशलाई भावावेशमा आएर मानिसहरुलाई कहीँ न कहीँ भ्रमित पार्ने गरी संकेतहरु पनि देखा परे, म कसैलाई आरोप लगाउन चाहान्न, यो हाम्रो लागि चुनौती हो।’

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन र देशलाई विस्तृत शान्ति सम्झौतामार्फत शान्तिको नयाँ ढोका खोल्ने दलहरुलाई यो चुनौतीको रुपमा लिएको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्

Array