समानुपातिक तर्फ राप्रपाले तीन लाख मत कटायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं–
समानुपातिक तर्फको करिब ४० लाख मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन लाख मत कटाएको छ । शुक्रबार दिउँसो ३ः४५ बजेसम्म सार्वजनिक भएको मत परिणामअनुसार राप्रपाले तीन लाख एक हजार ५६६ मत प्राप्त गर्न सफल भएको हो । राप्रपाले राप्रपाले थ्रेस होल्ड तीन प्रतिशत कटाउने देखिएको छ । त्यस्तै थ्रेस होल्ड कटाउनेमा आशंका रहेको एकीकृत समाजवादीले झण्ड एक लाख मत पु¥याएको छ। अहिलेसम्म उसले ९६ हजार ५६० मत पाएको निर्वाचन आयोगले जनाएको छ। १२ लाख ५५ हजार ६७९ मतका साथ एमाले पहिलो स्थानमा छ भने कांग्रेसले ११ लाख ८४ हजार ११२ मत पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ५ लाख ८३ हजार ७८५ मत ल्याउँदै तेस्रो स्थानमा यथावत छ। माओवादी केन्द्रले ५ लाख ४० हजार ६६० मत पाएको छ । जसपाले १ लाख ४५ हजार ४७० मत पाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array