काभ्रे २ बाट प्रतिनिधिसभामा नेकपा एमालेका गोकुल बाँस्कोटा निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ मंसिर २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – काभ्रे – २ बाट प्रतिनिधिसभामा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा निर्वाचित भएका छन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरे ।

बाँस्कोटाले ४५ हजार ३४५ मत पाउँदा हुमागाईंले ३९ हजार ५८२ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५८६ मत पाए । यसअघि २०७४ सालमा पनि यस क्षेत्रबाट बाँस्कोटा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्